Nepali Cricket Supporters Society

WebLogo_3.png

एनसिएसएसको सातौं साधारण सभा तथा चौथो अधिवेशन बुटवलमा सम्पन्न

Share on facebook
Share on twitter
Share on linkedin
Share on whatsapp
Share on email

नारायण पराजुलीको नेतृत्वमा सर्बसम्मत चयन भएको नयाँ कार्यसमितिमा उपाध्यक्षमा रेजिना बस्नेत, सचिवमा मोहन ज्ञवाली, सह सचिवमा नारायण पाण्डे चयन भएका छन् त्यस्तै कोषाध्यक्षमा अच्युत पाण्डे लाई मनोनित गरिएको छ । सदस्यमा भने तारा पाठक, केदार शर्मा, अविन कार्की र सविन पोख्रेल निर्विरोध चयन भएका छन ।

कार्यक्रममा एनसिएसएसका अध्यक्ष नारायण पराजुलीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सदस्य केदार शर्माले संस्थाको गतिविधि तथा प्रगति प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रम को संचालक मोहन ज्ञवालीले गर्नु भएको थियो ।

नेपाली क्रिकेट विकासमा ठूलो योगदान पुर्याएको एनसिएसएसले सम्वन्धित निकायलाई लगातार गलत कामको विरुद्ध आवाज उठाउँदै आएको छ त्यस्तै संस्थाले कमजोर आर्थिक अवस्था भएको खेलाडी र क्रिकेटमा योगदान दिएकालाई आर्थिक अभियान मार्फत सहयोग गर्दै आएको छ । नेपाली क्रिकेटमा एनसिएसएस उदाहरणीय संस्था (ग्रुप) र विश्वसनियको रुपमा स्थापित भएको छ । नेपाली क्रिकेट समर्थकको सर्वाधिक विश्वसनिय र लोकप्रिय ग्रुपको रुपमा एनसिएसएस छ ।

अन्त्यमा निर्वाचित कार्यसमितिलाई निर्वाचन समिति संयोजक शिवराज गौतमले प्रमाणपत्र प्रदान गर्नुका साथै सपथग्रहण गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

थप गतिविधिहरू :