नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) जिल्ला समन्वय समिती दाङको तेस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार घोराहीमा नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) जिल्ला समन्वय समिती दाङको सम्योजक अबिन कार्कीको अध्यक्षतामा तथा सह सम्योजक पुरन सोति मगरको शुभकामना मन्तव्यमा उक्त कार्यक्रम भएको थियो ।
मन्तव्यमा हिमाल महराले दाङलाई सक्रिय भएर लाग्न शुभकामना दिदै आवश्यक सहयोग समन्वय गर्न तयार रहेको बताउनु भयो । त्यस्तै दिपक शर्मालेले विगत देखि अहिलेसम्मलाई स्मरण गर्दै तुलनात्मक रूपमा निकै उपलब्धि रहेको भन्दै अझै धेरै काम गर्न बाकी रहेको र ती कामलाई निरन्तरता दिने बताउनुभयो । सम्योजक अबिन कार्कीले बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै जिल्लाले बर्षभरिमा गरेका क्रिकेट गतिविधिहरुको बारेमा जानकारी गराउदै एनसिएसएस दाङले छोटो समयमा पाएको यो सफलतालाई थप नयाँ उचाइमा लैजाने प्रयास गर्ने बताउनु भयो ।
श्रोत : सिस्ने अनलाइन