Nepali Cricket Supporters Society

WebLogo_3.png

गौतम बुद्ध रंगशाला बारे एनसिएसएसको धारणा

Share on facebook
Share on twitter
Share on linkedin
Share on whatsapp
Share on email

माघ १४, २०८२ – चितवनको भरतपुरमा खडा हुँदै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला केवल कङ्क्रिट र फलामको संरचना मात्र होइन । यो नेपाली क्रिकेट प्रतिकोे माया, सपना र भरोसाबाट बनेको धरोहर हो । न राज्यको प्रयासबाट, न अग्रसरतामा, यो रंगशाला देश/ विदेशमा रहेका नेपाली र क्रिकेट समर्थकले पाई पाई पैसा र मेहेनत जोड्दै उठाएको सपना हो ।

धुर्मुस सुन्तली फाउन्डेसनको पहलमा सुरु भएको यो परियोजनामा आम जनताले पैसा मात्र होइन, विश्वास पनि सुम्पेका थिए । क्रिकेट प्रतिकोे माया, देश प्रतिको राष्ट्रप्रेम र भविष्यप्रतिकोे सकारात्मक आशाले यो परियोजना अघि बढेको थियो । प्रारम्भिक चरणमै उल्लेखनीय रकम जुट्नु त्यसैको प्रमाण थियो । महानगरको अग्रसरतामा लगाइएको भागवत् महापुराणमा भएका सहयोगले समेत प्रष्ट पारेको थियो । नेपाली क्रिकेट समर्थक समाज (NCSS) ले समेत यसलाई आफ्नै परियोजना सम्झेर त्यो पूरा गर्न आफ्नो सबै शक्ति सहयोग संकलनमा लगाएको थियो ।

तर त्यसपछि कोरोना महामारी जसले देशको अर्थतन्त्र मात्र होइन, जनताका सपना पनि थला पर्यो । अपेक्षाकृत रकम उठ्न सकेन, आम्दानीका बाटा बन्द भए, सहयोग गर्नेहरुको हात कमजोर भए । राजनीति र पार्टीको आन्तरिक कारण पनि जोडिए । धुर्मुस सुन्तली फाउन्डेसनले बताए अनुसार विभिन्न निकायले दिएको आश्वासनमा विश्वास गरेर निर्माण कार्य जारी राखियोे, श्रमिकले पसिना बगाए, आपूर्तिकताले सामान दिईराखे, एकाएक श्रोतको बाटो केही नभएपछि परियोजना रोकियोे, धुर्मुसले अब सकिएन भने छोडे । केही समय अन्योलपूर्ण अवस्था रह्यो, अन्तत धुर्मुसले परियोजनाको स्वामित्व महानगरलाई हस्तान्तरण गरे । आज, भरतपुर महानगरपालिकाले रंगशालाको स्वामित्व लिएर ठेक्कामार्फत निर्माण अघि बढाइरहेको छ । रंगशाला बन्दै छ, ठेक्काको करिब ४०% काम सकियो भनिएको छ । बाँकी काम चल्दै छ ।

तर एउटा महत्वपूर्ण प्रश्न अझै अनुत्तरित छ—के जनताको अग्रसरता र विश्वासमा उठाइएको परियोजनामा प्रयोग भएको श्रम र स्रोतको मूल्य नतिरी राज्य अघि बढ्न मिल्छ ? के जनताको योगदानलाई बिर्सेर बनेको संरचना राज्यका लागि गर्वको विषय हुन सक्छ ? सरकारी तथा प्राविधिक मूल्यांकनले रंगशालामा करिब ७० करोड रुपैयाँ बराबरको काम भइसकेको प्रमाण दिएको छ । जमिनमै देखिने संरचनाहरू, प्रतिवेदनहरू र निरीक्षणहरूले त्यो काम भएको सत्य बोलिरहेका छन् । तर त्यही काम गर्दा लागेको करिब १८ करोड रुपैयाँभन्दा बढी रकम आजसम्म भुक्तानी हुन बाँकी छ । यो श्रमिकको पसिना हो, आपूर्तिकर्ताको उधारो हो, विश्वासमा गरिएको कामको मूल्य हो । समग्र देशले आम नेपाली र क्रिकेट समर्थकहरूको मेहनत र विश्वासका कारण करिब ७० करोड रुपैयाँ बराबरको संरचना अब राज्यको संरचना भएको छ ।

Ncss- Press Release Towards the ongoing Gautam Buddha International Cricket Stadium

अब अलमल गरिराख्ने होइन, संघीय सरकारले आवश्यक बजेटको व्यवस्थापन गरेको छ, भरतपुर महानगरपालिकाले अब यो रकम तत्काल भुक्तानी गर्नुपर्छ । साथै, रंगशालाको बाँकी काम समयमै पूरा गरिनुपर्छ, ताकि यो सपना अधुरो इतिहास नबनोस् । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला जनताले उठाएको रंगशाला हो । जनताको पसिना, विश्वास र योगदानको सम्मान गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

थप गतिविधिहरू :