Nepali Cricket Supporters Society

WebLogo_3.png

दिनेश नाइसाको नेतृत्वमा एनसिएसएस चितवन पुर्नगठन

Share on facebook
Share on twitter
Share on linkedin
Share on whatsapp
Share on email

माघ १६ चितवन

नेपाली क्रिकेट समर्थक समाज एनसिएसएस चितवन पुर्नगठन भएको छ । माघ १६ गते चितवनमा भएको जिल्ला समितीको दिनेश नाइसाको अध्यक्षतामा बसेको पाचौं अधिबेशनको जिल्ला भेलाले विभिन्न प्रस्ताव माथी छलफल गर्दै नयाँ समिती समेत चयन गरेको छ ।

कार्यक्रममा अध्यक्ष दिनेश नाइसाले प्रस्तुत गरेको बार्षिक प्रतिबेदन साधारण सभाले पारित गरेको छ । जिल्ला समितीको भेलामा सस्थाका सस्थापक सदस्य नवीन ओलिया केन्द्रिय सदस्य केदार शर्मा, आजिवन सदस्य सन्तोष शर्मा तथा जिल्लाका सदस्य गरी १४ जना सदस्यको उपस्थित रहेको छ । जिल्ला समितीको पाचौं अधिबेशनले पुनः दिनेश नाइसाको अध्यक्ष रहने गरी ९ सदस्यीय सर्ब सम्मत नयाँ कार्यसमिती गठन गरेको छ । दिनेश नाइसा अध्यक्ष रहेको समितीको उपाध्यक्ष मनिष लामिछाने, सचिव अमित गिरी, कोषाध्यक्ष बिशाल घिमिरे, सह सचिव सुरक्षा भन्डारी, सदस्यहरु विशाल लम्साल, हरि सुवेदी, सचिन ढकाल र सरोज खनाल रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

थप गतिविधिहरू :