माघ १९, चितवन
नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) को नवौं बार्षिक साधारण सभा तथा पाचौं अधिबेशन सम्पन्न भएको छ । चितवन भरतपुर स्थित होटेल असोकामा आज भएको साधारण सभा तथा अधिबेशनले आगामी दुई बर्षका लागि अच्युत पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ । सर्बसम्बत रुपमा चयन भएको ९ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्ष केदार शर्मा, सचिव मोहन ज्ञवाली, सहसचिब सागर पि.एस., कोषाध्यक्ष दिनेश नाइसा, कार्यसमिति सदस्यहरुमा तारा प्रसाद पाठक, सचिन ढकाल, अबिन कार्की र सुप्रीया खनाल रहेका छन ।

सस्थालाई थप चलायमान बनाउदै सस्थाका उदेश्य अनुरुपका गतिबिधी संचालनका लागि महत्वपूर्ण निती तथा कार्यक्रम माथी छलफल गर्दै सम्पन्न कार्यक्रममा सस्थाका सस्थापक, आजिवन, जेनेरल तथा असोसिएट मेम्बरहरु सहभागीता रहेको कार्यक्रममा चितवन जिल्ला सम्योजक दिनेश नाइसाले स्वागत मन्तव्य राख्नु भएको थियो । एस्तै जिल्ला सम्योजकहरुले आफ्नो आफ्नो जिल्लाको प्रतिबेदन तथा प्रगति बिवरण प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष नारायण पराजुलीले अध्यक्षको प्रतिबेदन, कोषाध्यक्ष अच्युत पाण्डेले आर्थिक प्रतिबेदन सभामा पेश गर्नुभएको थियो भने कार्यक्रमको सन्चालन सचिव मोहन ज्ञवालीले गर्नु भएको थियो ।
NCSS, मिति २०७३ बैशाख २२ गते काठमाडौ स्थित जिल्ला प्रशासन कार्यालयमा दर्ता भई हालसम्म आईपुग्दा लक्ष अनुरुपको बिबिध गतिबिधिमा सामेल भै रहेको छ । स्थानिय स्तरमा हुने प्रतियोगितामा योगदान, खेलाडीलाई र क्रिकेट सङ्ग जोडिएका ब्यक्तिहरुलाई प्रोत्साहन, आबस्यक पर्दा सहयोग साथै क्रिकेट क्षेत्रको बिकृती र बिसङतीको विरुद्ध समेत आवाज उठाउदै आइरहेको छ ।





