Nepali Cricket Supporters Society

WebLogo_3.png

नेपाली क्रिकेटका समर्थकहरु

हाम्रो

प्रभाब

राष्ट्रिय स्तरमा हुने क्रिकेट प्रतियोगिता त्यसैगरी बिभिन्न जिल्लाहरुमा आयोजना हुने क्रिकेट क्रिकेटका गतिबिधीहरुमा सस्थाले आधिकारिक आबद्धता गराउदै र ती प्रतियोगिताको प्रबर्द्धन, आम क्रिकेट समर्थक माझ पहुच पुर्याउने माध्यम र फिल्डमै उपस्थित भै स्वयमसेवा मार्फत सस्थाको लोकप्रियता र गरिमालाई जिल्ला समितीहरुले बढाउदै आइराखेको छ ।

नेपाली क्रिकेट लामो समय सम्म अबिभाबक बिहिनताको अबस्थामा रहेको बेला आम क्रिकेटका समर्थक र सरोकार वाला ब्यक्तिहरुको राय सुझाब र जिज्ञासालाई माथिल्लो निकायसम्मै पुर्याउदै ती राय जिज्ञासाको समाधान गर्ने प्रयास गरेको थियो । नेपाल क्रिकेट संघको निलम्बन फिर्ता पश्चात क्यानको हरेक निर्णय र गतिबिधिलाई प्रभाबकारी रुपमा विश्लेषण गर्दै आबस्यक सुझाब, प्रतिक्रिया समेत ब्यक्त गर्दै आईरहेको छ । विभिन्न गलत कदम र कमजोरीहरुमा समेत सशक्त ढङ्गबाट आवाज उठाउदै आईरहेको छ ।

त्यसबाहेक क्षमता र प्रतिभा भएका तर उपयुक्त स्थान नपाएका खेलाडीहरुलाई अबसर जुराईदिने साथै नेपाली क्रिकेटमा लामो समयदेखी योगदान पुर्याईरहेका खेलाडी प्रशिक्षक साथै बिबिध कर्मचारी आर्थिक अभाबमै क्रिकेट छोड्ने, बिरामी भै उपचार गर्न नसक्ने भएको अबस्थामा विभिन्न माध्यमबाट आर्थिक सहयोग समेत गर्दै आईरहेको छ ।

आम सञ्चार र समर्थकका आखामा नपर्ने कयौ क्रिकेटका प्रतियोगिताहरुमा एनसिएसएस (NCSS) ले राष्ट्रिय स्तरको पहुचमा ती प्रतियोगिताहरुलाई पुर्याउन, स्कोर, समाचार आम समर्थक माझ पुर्याउन भुमिका खेलिरहेको छ ।

हाम्रो

बारेमा

परिचय

नेपाली क्रिकेटका समर्थकहरुलाई एकत्रित गर्दै खेलकुद मार्फत समाज रुपान्तरण तथा युवा एकतालाई बलियो बनाउदै क्रिकेटको विकास र बिस्तारमा समर्थकको तर्फबाट महत्वपूर्ण योगदान पुर्याउने प्रमुख लक्ष्यका साथ सस्था दर्ता एन २०३४ को अधिनमा रहि मिति २०७३ बैशाख २२ गते काठमाडौ स्थित जिल्ला प्रशासन कार्यालयमा जिल्ला बिकास समिती, खेलकुद मन्त्रालय साथै राष्ट्रिय खेलकुद परिषदको अनुमती सहित गैर नाफामुलक सस्थाको रुपमा नेपाली क्रिकेट समर्थक समाज (NCSS) को स्थापना गरिएको थियो ।

क्रिकेटमा रुचि हुने केही युवाहरुको प्रयास र सक्रियतामा नेपाली क्रिकेट समर्थक समाजको अबधारणा अघि बढेको थियो । सुरुवाती अबधारणा अनुरुप नेपाली क्रिकेटका समर्थकको साझा सस्थाको रुपमा स्थापित गर्दै स्थानिय साथै राष्ट्रिय स्तरमा क्रिकेट सँग सम्बद्ध ब्यक्ती, संघ, सस्था निकायहरुको सम्वन्वयमा समग्र क्रिकेट क्षेत्रलाई योगदान पुर्याउदै आईरहेको छ ।

हाल देश तथा बिदेशमा गरि करिब २५० भन्दा बढी आधिकारिक सदस्य सस्थामा जोडिईसक्नु भएको छ । सामाजिक संजाल मार्फत करिब साढे तीन लाख नेपाली क्रिकेटका समर्थकलाई समेट्न समेत सस्था सफल भएको छ । त्यसैगरी आफ्नो कार्यक्षेत्रलाई देशब्यापी फैलाउने नीति अनुरुप विभिन्न ९ जिल्लामा जिल्ला सम्वन्वय समिती निर्माण भैसकेको छ । जिल्ला सम्वन्वय समितिहरु मार्फत स्थानिय स्तरमा हुने प्रतियोगितामा योगदान, खेलाडीलाई प्रोत्साहन साथै अफ्ट्यारोमा परेका लाई आर्थिक सहयोग साथै क्रिकेट भित्रको विकृति बिसंगतीको विरुद्ध समेत आवाज उठाउदै आइरहेको छ ।

उदेश्य

  • खेलकुद मार्फत समाज रुपान्तरण तथा युवा एकतालाई बलियो बनाउने ।
  • नेपाली क्रिकेटको विकास र बिस्तारमा महत्वपूर्ण योगदान पुर्याउने ।
  • स्थानिय क्रिकेट प्रबर्द्धन साथै स्थानिय स्तरमा हुने क्रिकेटका बिबिध गतिबिधीहरुमा प्रत्यक्ष / अप्रत्यक्ष योगदान पुर्याउने ।
  • खेलाडीलाई प्रोत्साहन, नयाँ युवा खेलाडीलाई अबसर प्रदान गर्न पुलको काम गर्ने ।
  • क्रिकेट क्षेत्रमा योगदान पुर्याउने खेलाडी, अम्पाएर, अफिसियल, पदाधीकारी, कर्मचारी लगायतलाई समस्यापर्दा आर्थिक अभियान संचालन गर्ने ।
  • क्रिकेट क्षेत्र भित्रको विकृति बिसंगती र अनियमिततामा सशक्त आवाज उठाउने ।