एनसिएसएस, असोज ०६ || नेपाली क्रिकेट समर्थक समाज जिल्ला समन्वय समिति दाङको बार्षिक साधारण सभा सम्पन्न भएको छ । अबिन कार्कीको सम्योजकत्वमा शनिवार दाङमा बसेको साधारण सभाले विभिन्न निर्णय गर्दै साधारण सभा सम्पन्न गरेको हो ।

साधारण सभामा जिल्ला सम्योजक अबिन कार्किले प्रस्तुत गरेको बार्शिक प्रतिबेदन हु- बहु पारित, पुरानो कार्यसमिति लाई केही हेरफेर गर्दै नयाँ नौ सदस्यीय कार्यसमितिको चयन गरेको छ । नयाँ कार्यसमितिमा सम्योजक अबिन कार्की, सह सम्योजक पुरन सोति मगर, सचिब गुरु बिस्वकर्मा, कोषाध्यक्ष धन बहादुर पुन साथै सदस्यहरुमा हिमाल महरा, राजेश वली, मधुसूदन गिरी, दिपक शर्मा, सन्तोष डि. सि. रहेका छन । साथै सस्थाको बिगतका कार्यको समिक्षा गर्दै भबिष्यमा जिल्लालाई अझै सकृय र चलायमान बनाउदै लैजाने निर्णय गर्दै कार्यक्रम सन्पन्न्न गरेको छ । एनसिएसएस दाङ आफ्नो जिल्लामा सस्था स्थापनाकाल देखी दाङ जिल्लाको क्रिकेट गतिविधि सकृय रुपमा रहदै आइरहेको छ ।