Nepali Cricket Supporters Society

WebLogo_3.png

राष्ट्रिय व्हीलचियर क्रिकेट टिमलाई एनसिएसएसको आर्थिक सहयोग

Share on facebook
Share on twitter
Share on linkedin
Share on whatsapp
Share on email

चैत ७, एनसिएसएस || राष्ट्रिय व्हीलचियर क्रिकेट टिमलाई नेपाली क्रिकेट समर्थक समाज एनसिएसएसले आर्थिक सहयोग गरेको छ । समाजले आज काठमाडौको समाज कल्याण परिषद राष्ट्रिय अपाङ्ग कोषको कार्यालयमा पुगि सस्थाका साथिहरु बिच सहयोग सन्कलन गरिएको २१ हजार नगद सम्पुर्ण खेलाडी सहित टिम लिडर तथा प्रशिक्षक भरत बहादुर कार्कीलाई हस्तान्तरण गरेको छ । यस रकमबाट टोलीले आफै खेलका लागि आवश्यक सामाग्रीहरुको ब्यबस्थापन गर्नेछ ।

एनसिएसएसको तर्फबाट केन्द्रिय अध्यक्ष नारायण पराजुली तथा आजिवन सदस्य सागर पङेनी उपस्थिति हस्तान्तरण कार्यक्रममा केन्द्रिय अध्यक्ष नारायण पराजुलीले सम्पूर्ण टिमलाई सफलता शुभकामना साथै आगामी दिनमा पनि व्हिलचियर क्रिकेट टिम र नेपाली क्रिकेट समर्थक समाज बिच सहकार्य गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।

चैत ९ गतेदेखि १५ गते सम्म भारतको गुजरातमा हुने चारदेशिय अन्तर्राष्ट्रिय टि-ट्वान्टी क्रिकेट प्रतियोगिता सहभागिता जनाउँदै गर्दा क्रिकेट सामाग्री अभाव भएको खबर सुन्ने बित्तिकै समाजले आफ्नो सस्थाको आन्तरिक फोरमबाट रकम सन्कलन गरेको थियो । एनसिएसएसले सस्था स्थापना लगत्तै यो किसिमका आर्थिक सहयोग अभियानहरु गर्दै आइरहेको छ । ७ दिन सम्म चल्ने प्रतियोगितामा नेपाल सहित भारत, श्रीलंका र बङगलादेशको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

थप गतिविधिहरू :