Nepali Cricket Supporters Society

WebLogo_3.png

नेपाली क्रिकेट समर्थक समाज (NCSS) को छैठौँ बार्षिक साधारणसभा सम्पन्न

Share on facebook
Share on twitter
Share on linkedin
Share on whatsapp
Share on email

कार्तिक २७, बुटवल, रुपन्देही, नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस ) को छैठौँ बार्षिक साधारण सभा बुटवल रुपन्देही सम्पन्न भएको छ । आज बुटवल स्थित होटेल पौवामा आयोजित कार्यक्रममा विभिन्न जिल्ला र प्रदेश प्रतिनिधि हरुको सहभागीता रहेको कार्यक्रमको अतिथिद्वय अन्तर्राष्ट्रिय अम्पाएर बुद्दि बहादुर प्रधान र नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष देबेन्द्र सुबेदिले शुभकामना मन्तव्य राख्दै सस्थाले गरेको कार्यक्रमले समग्र नेपाली क्रिकेटको उचाइ मद्दत पुगेको कुरा व्यक्त गर्नुभएको थियो ।समर्थक समाजले हरेक बर्ष प्रदान  गर्दै आइरहेको उत्कृष्ट जिल्लाको सम्मान यस बर्ष जिल्ला समन्वय समिति पाल्पाले प्राप्त गरेको छ ।

केन्द्रिय कार्यसमिति एबम जिल्ला सम्वन्वय समितीहरुले सस्थाको बार्षिक प्रतिबेदन प्रेश गर्दै सस्थाको भाबी कार्ययोजना र प्रस्तावहरुमा साधारण सभाले आबस्यक छलफल गर्दै निर्णय गरेको थियो । कोरोनाले प्रभावित सस्थाको नियमित गतिविधिलाई निरन्तरता दिदै थप वृद्धि गर्ने, सदस्यता वृद्धि र जिल्ला समन्वय समितिको बिस्तारमा जोड दिने, क्यान र सरोकार वालाको हरेक गतिविधि चुस्त निगरानी गर्दै प्रभावकारी प्रतिक्रिया ब्यक्त गर्ने सरोकारवाला सँग अन्तक्रिर्या  लगायतका कामहरुलाइ अगाडि सारेको छ । नयाँ जिल्लामा बिस्तारीत गर्ने प्रयास स्वरुप परासी जिल्लाबाट रमेश चालिसेलाई जिल्ला प्रतिनिधिको जिम्मेवारी दिएको छ ।

कार्यक्रममा अध्यक्ष नारायण पराजुलीले बार्षिक प्रतिबेदन प्रस्तुत, तारा पाठकले सस्थाको गतिविधि तथा प्रगति प्रतिबेदन तथा कोषाध्यक्ष अच्युत पान्डेय आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको स्वागत मन्तव्य रुपन्देही कोषाध्यक्ष शिबराज गौतमले गर्नु भएको कार्यक्रमको सन्चालक बिजय बौडेलले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित गतिविधिहरू :

बन्द प्रशिक्षणको अनुशासन तोडिएको बारे एनसिएसएसद्वारा जारी अपिल

केही दिन एता राष्ट्रिय टोलीको बन्द प्रशिक्षणको अनुशासन तोडिएको तथ्य सार्बजनिक भएका छन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका एक ……

पुरा पढ्नुहोस् »

राष्ट्रिय क्रिकेटर कबिता गौतमलाई एनसिएसएस अभियानबाट ८० हजार सहयोग

NCSS, ४ पौष, महिला राष्ट्रिय क्रिकेट खेलाडी कविता गौतमलाई नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) को “कविताको दुखाई समर्थकको

पुरा पढ्नुहोस् »