Nepali Cricket Supporters Society

WebLogo_3.png

बन्द प्रशिक्षणको अनुशासन तोडिएको बारे एनसिएसएसद्वारा जारी अपिल

Share on facebook
Share on twitter
Share on linkedin
Share on whatsapp
Share on email

भाद्र २३ , एनसिएसएस

केही दिन एता राष्ट्रिय टोलीको बन्द प्रशिक्षणको अनुशासन तोडिएको तथ्य सार्बजनिक भएका छन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका एक महत्वपूर्ण सदस्यमाथी टिमको क्याम्प रहेको होटल छोडेर गम्भीर गतिबिधीमा सामेल भएको आरोप लागेको अबस्था छ । क्यानले उक्त खेलाडीको जिम्मेवारी निलम्बन गरि अनुसन्धान प्रकृयामा सहयोग गर्ने बताईसकेको अबस्था छ । यस किसिमका खबरले क्यान र टिम ब्यबस्थापन माथी समेत गम्भीर प्रश्न उठेको छ । यो अबस्थामा बन्द प्रशिक्षणको अनुशासन उलंघनसँग जोडिएका टोली ब्यबस्थापक, सम्बन्धित कर्मचारी/अफिसियललाई समेत आबश्यक स्पष्टीकरण लिई दोषी देखिए तत्काल कारबाहीको भागेदार बनाउन माग समेत गर्दछौ ।

आगामी दिनमा राष्ट्रिय टोलीको सदस्य र समग्र टिममा हुनुपर्ने अनुशासन, सम्बन्धित अफिसियलको भुमिका/जिम्मेवारी बारे सबैलाई गम्भीर रुपमा सचेत गराउदै अनुशासन कायम गर्न हदै सम्म कडा हुन आग्रह समेत गर्दछौ । अन्त्यमा चर्चामा रहेको घटना बारे प्रहरी प्रशासनबाट आबस्यक छानबिन गरि अन्तिम फैसला अदालतबाट हुने हुदा आम समर्थकहरुलाई सो घटनाबारे अहिल्यै अन्तिम धारणा नबनाउन अपिल समेत गर्दछौ ।

अध्यक्ष
नेपाली क्रिकेट समर्थक समाज
काठमाडौ

प्रतिक्रिया दिनुहोस्

थप गतिविधिहरू :