NCSS, पौष ३, नेपाली क्रिकेट समर्थक समाज (NCSS) को आधिकारिक जिल्ला अन्तगर्त नयाँ जिल्लाको रुपमा नवलपरासी जिल्ला थपिएको छ । शनिबार नवलपरासीको भुताहामा जिल्लाका क्रिकेट प्रेमीहरुको संयुक्त भेलाले सात सदस्यीय एनसिएसएस परासि जिल्ला कार्य समिति गठन गर्न सफल भएको हो । नयाँ गठित सात सदस्यीय कार्यसमिति अन्तगर्त सम्योजकमा रमेश चालिसे, सह-सम्योजकमा राम प्रसाद भन्डारी, सचिबमा मिलन तिवारी, कोषाध्यक्षमा नवीन गैरे तथा सदस्यहरुमा पुनम ढकाल, हरि तिमिल्सिना र मदन न्यौपाने रहेका छन ।

सम्योजक चालिसेले परासी जिल्लाको हरेक क्रिकेट गतिविधि र प्रतियोगिता हरुमा जिल्ला समिति साथ सहयोग र समर्थन रहने बताउनु भयो । साथै प्रदेश संयोजक पंगेनीले एनसिएसएस नवलपरासी लाई आवश्यक साथ र सहयोग रहने भन्दै शुभकामना दिनु भएको थियो । अर्घाखाँची सम्योजक नारायण पान्डेले नयाँ गठित कार्यसमिति लाई सफल कार्यकालको शुभकामना दिनु भएको थियो । शनिबार गठित कार्यक्रममा लुम्बिनी प्रदेश सम्योजक सागर पङ्गेनी, अर्घाखाँची जिल्ला सम्योजक नारायण पान्डेय तथा स्थानीय क्रिकेट प्रेमिहरुको उपस्थिति रहेको थियो ।





