NCSS, मङ्सिर १, खेलाडी बर्गीकरणको बिषयलाई लिएर यतिबेला केही खेलाडीको असन्तुष्टि आउनु, त्यो बिषय मिडियामा सार्बजनिक गर्दा खेलाडीलाई स्पष्टीकरण सोधिनु अनि यी सबै बिषयलाई नेपाल क्रिकेट संघले समेत स्पष्ट रुपमा खेलाडी र आम समर्थकहरुमा बुझाउन नसकेको महसुस गरेपछी नेपाली क्रिकेट समर्थक समाजले यो प्रक्रियामा सामेल, बिषयमा जानकार ब्यक्तिहरु सम्वन्वय गरि यथार्थ बुझ्ने, विभिन्न अन्तर्वार्तामा खेलाडी ब्यक्त गरेको धारणा बुझ्दै, खेलाडीको प्रदर्शन र त्यसको तथ्यांक खोजी गर्ने र यहाहरुमाझ पुर्याउने प्रयास गरेका छौ । जसबाट हामीले प्राप्त गरेको सुचना र हाम्रो बुझाईलाई यसरी ब्यक्त गरेका छौ ।
१. पहिलो बिषय हाल मिडियामा आईरहेको र खेलाडीको असन्तुष्टि भएको भनिएको सम्झौता सन २०२० को जुन देखि सन २०२१ को अप्रिल सम्मको प्रदर्शनलाई आधार बनाएर गरिएको जानकारी प्राप्त भएको छ । यो बिचमा घरेलु प्रतियोगिताको रुपमा प्रधानमन्त्री कप, मेयर कप भए भने अन्तरास्ट्रिय प्रतियोगिताको रुपमा गत चैत्रमा त्रिकोणिय टि- ट्वान्टि सिरिज आयोजना भयो ।
नेपाल लगायत थुपै देशमा पोस्ट कन्ट्याक्ट् अर्थात अगाडीको प्रदर्शनलाई हेरेर पछाडिको सम्झौता गर्ने प्रणाली रहेछ । यसैले गर्दा पनि गर्दा समस्या पैदा भएको देखियो । सोमपाल कामीको असन्तुष्टी, रोहित कुमार पौडेल, गुल्सन झा जस्ता खेलाडी वर्गीकरणमा नपर्नुको कारण पनि यहि हो । अन्तरास्ट्रिय अभ्यास, ICC को निर्देशन लगायतलाई ध्यान दिदै यो पक्षमा भने केही सुधान गर्न सकिन्छ कि, क्यानले आगामी दिनमा सोच्न पर्ने देखिन्छ । अर्को यो बिषयलाई क्यानले सार्बजनिक गर्न ढिलाई गर्यो साथै पत्रकार सम्मेलन गरेर गर्न सार्बजनिक गर्न योग्य बिषयलाई गुपचुप राख्दा अहिले यो बिबादले ठुलो रुप लिन पुगेको छ ।
क्यान जिम्मेवार पदाधिकारीको अनुसार अहिले चलिरहेको पिरियड अर्थात (ओमानको सिरिज) प्रदर्शलाई आधार मानेर अर्को पिरियडको लागि पुन अर्को सम्झौता हुनेछ । जस्मा राम्रो प्रदर्शन गर्ने सोमपाल कामीको ग्रेड परिबर्तन पनि हुन सक्नेछ, रोहित वर्गीकरणमा पर्न सक्नेछन वा नयाँ अन्य खेलाडी लिस्टमा आउन सक्नेछन ।
२. दोस्रो खेलाडी वर्गीकरणको मापदण्डमा अन्तर्राष्ट्रिय सहभागितालाई २५ अंक, घरेलु सहभागितालाई १० अंक, खेलाडीको प्रदर्शनलाई ४० अंक, टिमलाई दिएको योगदानलाई ५ अंक, फिटनेसलाई ५ अंक, स्थायीत्वलाई ५ अंक र अनुशासन लगायतका क्रियाकलापलाई ५ अंक दिइएको छ। त्यसको आधारमा भएको हालको वर्गीकरण यसप्रकार छ ।
“ए” – करन केसी, सन्दिप लामिछाने, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, पारस खड्का
“बी” – कुशल मल्ल, विनोद भण्डारी, सुशान भारी, अविनाश बोहरा, शरद भेषवाकर, सोमपाल कामी
“सी” – कुशल भुर्तेल, आरिफ शेख, कमल सिंह ऐरी, आशिफ शेख, सन्दिप जोरा, पवन शर्राफ, शाहव आलम
४. हाल वर्गीकरणमा रहेका/नरहेका २३ खेलाडीको पछिल्लो करिब २/३ बर्षकै प्रदर्शनको तथ्यान्क खोज्ने प्रयास हामीले गरेका छौ । यहाहरुले समेत अध्यन गरि विश्लेषण गर्न सक्नु हुनेछ । माथी अन्य मापदण्ड भए पनि मुख्य त यहि प्रदर्शलाई आधार मानेर बर्गिकरण भएको छ ।
५. जहासम्म तलब र त्यसका लागि भएको वर्गीकरणमा खेलाडीको गुनासो र त्यही गुनासोलाई सार्बजनिक गरेकै कारण स्पष्टीकरण सोधिएको बिषय छ, त्यसमा को सहि को गलत भन्दा नि यो बिबादले नेपाली क्रिकेटलाई पक्कै फाईदा गर्दैन । सम्झौताका दुई पक्ष बसेर असन्तुष्ट सबै कुरामा छलफल गर्न आबश्यक छ । जति तेस्रो पक्षको भुमिका खोज्यो, त्यो झन गिजोलिदै जान्छ । त्यसैले हाम्रो पुनः अनुरोध यो बिबादलाई दुई पक्ष बसेर चाडै ठोस निष्कर्षमा पुराउदै यो बिवादलाई समाधान गर्न सुझाब दिन चाहान्छौ ।
NCSS फलोअपमा प्राप्त डिसेम्बर २०१९ देखि अप्रील २०२१ सम्मको खेलाडी प्रर्दशनको बिबरण










