Nepali Cricket Supporters Society

WebLogo_3.png

खेलाडी वर्गीकरण बिवाद – तथ्यांक सहितको यथार्थ  र सुझाब

Share on facebook
Share on twitter
Share on linkedin
Share on whatsapp
Share on email

NCSS, मङ्सिर १, खेलाडी बर्गीकरणको बिषयलाई लिएर यतिबेला केही खेलाडीको असन्तुष्टि आउनु, त्यो बिषय मिडियामा सार्बजनिक गर्दा खेलाडीलाई स्पष्टीकरण सोधिनु अनि यी सबै बिषयलाई नेपाल क्रिकेट संघले समेत स्पष्ट रुपमा खेलाडी र आम समर्थकहरुमा बुझाउन नसकेको महसुस गरेपछी नेपाली क्रिकेट समर्थक समाजले  यो प्रक्रियामा सामेल, बिषयमा जानकार ब्यक्तिहरु सम्वन्वय गरि यथार्थ बुझ्ने, विभिन्न अन्तर्वार्तामा खेलाडी ब्यक्त गरेको धारणा बुझ्दै, खेलाडीको प्रदर्शन र त्यसको तथ्यांक खोजी गर्ने र यहाहरुमाझ पुर्याउने प्रयास गरेका छौ । जसबाट हामीले प्राप्त गरेको सुचना र हाम्रो बुझाईलाई यसरी ब्यक्त गरेका छौ ।

१. पहिलो बिषय हाल मिडियामा आईरहेको र खेलाडीको असन्तुष्टि भएको भनिएको सम्झौता सन २०२० को जुन देखि सन २०२१ को अप्रिल सम्मको प्रदर्शनलाई आधार बनाएर गरिएको जानकारी प्राप्त भएको छ । यो बिचमा घरेलु प्रतियोगिताको रुपमा प्रधानमन्त्री कप, मेयर कप भए भने अन्तरास्ट्रिय प्रतियोगिताको रुपमा गत चैत्रमा त्रिकोणिय टि- ट्वान्टि सिरिज आयोजना भयो ।

नेपाल लगायत थुपै देशमा पोस्ट कन्ट्याक्ट् अर्थात अगाडीको प्रदर्शनलाई हेरेर पछाडिको सम्झौता गर्ने प्रणाली रहेछ । यसैले गर्दा पनि गर्दा समस्या पैदा भएको देखियो । सोमपाल कामीको असन्तुष्टी, रोहित कुमार पौडेल, गुल्सन झा जस्ता खेलाडी वर्गीकरणमा नपर्नुको कारण पनि यहि हो । अन्तरास्ट्रिय अभ्यास, ICC को निर्देशन लगायतलाई ध्यान दिदै यो पक्षमा भने केही सुधान गर्न सकिन्छ कि, क्यानले आगामी दिनमा सोच्न पर्ने देखिन्छ । अर्को यो बिषयलाई क्यानले सार्बजनिक गर्न ढिलाई गर्यो  साथै पत्रकार सम्मेलन गरेर गर्न सार्बजनिक गर्न योग्य बिषयलाई गुपचुप राख्दा अहिले यो बिबादले ठुलो रुप लिन पुगेको छ ।

क्यान जिम्मेवार पदाधिकारीको अनुसार अहिले चलिरहेको पिरियड अर्थात (ओमानको सिरिज) प्रदर्शलाई आधार मानेर अर्को पिरियडको लागि पुन अर्को सम्झौता हुनेछ । जस्मा राम्रो प्रदर्शन गर्ने सोमपाल कामीको ग्रेड परिबर्तन पनि हुन सक्नेछ, रोहित वर्गीकरणमा पर्न सक्नेछन वा नयाँ अन्य खेलाडी लिस्टमा आउन सक्नेछन ।

२. दोस्रो खेलाडी वर्गीकरणको मापदण्डमा अन्तर्राष्ट्रिय सहभागितालाई २५ अंक, घरेलु सहभागितालाई १० अंक, खेलाडीको प्रदर्शनलाई ४० अंक, टिमलाई दिएको योगदानलाई ५ अंक, फिटनेसलाई ५ अंक, स्थायीत्वलाई ५ अंक र अनुशासन लगायतका क्रियाकलापलाई ५ अंक दिइएको छ। त्यसको आधारमा भएको हालको वर्गीकरण यसप्रकार छ ।

“ए” – करन केसी, सन्दिप लामिछाने, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, पारस खड्का
“बी” – कुशल मल्ल, विनोद भण्डारी, सुशान भारी, अविनाश बोहरा, शरद भेषवाकर, सोमपाल कामी
“सी” – कुशल भुर्तेल, आरिफ शेख, कमल सिंह ऐरी, आशिफ शेख, सन्दिप जोरा, पवन शर्राफ,  शाहव आलम

४. हाल वर्गीकरणमा रहेका/नरहेका २३ खेलाडीको पछिल्लो करिब २/३ बर्षकै प्रदर्शनको तथ्यान्क खोज्ने प्रयास हामीले गरेका छौ । यहाहरुले समेत अध्यन गरि विश्लेषण गर्न सक्नु हुनेछ । माथी अन्य मापदण्ड भए पनि मुख्य त यहि प्रदर्शलाई आधार मानेर बर्गिकरण भएको छ ।

५. जहासम्म तलब र त्यसका लागि भएको वर्गीकरणमा खेलाडीको गुनासो र त्यही गुनासोलाई सार्बजनिक गरेकै कारण स्पष्टीकरण सोधिएको बिषय छ, त्यसमा को सहि को गलत भन्दा नि यो बिबादले नेपाली क्रिकेटलाई पक्कै फाईदा गर्दैन । सम्झौताका दुई पक्ष बसेर असन्तुष्ट सबै कुरामा छलफल गर्न आबश्यक छ । जति तेस्रो पक्षको भुमिका खोज्यो, त्यो झन गिजोलिदै जान्छ । त्यसैले हाम्रो पुनः अनुरोध यो बिबादलाई दुई पक्ष बसेर चाडै ठोस निष्कर्षमा पुराउदै यो बिवादलाई समाधान गर्न सुझाब दिन चाहान्छौ ।

NCSS फलोअपमा प्राप्त डिसेम्बर २०१९ देखि अप्रील २०२१ सम्मको खेलाडी प्रर्दशनको बिबरण

प्रतिक्रिया दिनुहोस्

संबन्धित गतिविधिहरू :

बन्द प्रशिक्षणको अनुशासन तोडिएको बारे एनसिएसएसद्वारा जारी अपिल

केही दिन एता राष्ट्रिय टोलीको बन्द प्रशिक्षणको अनुशासन तोडिएको तथ्य सार्बजनिक भएका छन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका एक ……

पुरा पढ्नुहोस् »

राष्ट्रिय क्रिकेटर कबिता गौतमलाई एनसिएसएस अभियानबाट ८० हजार सहयोग

NCSS, ४ पौष, महिला राष्ट्रिय क्रिकेट खेलाडी कविता गौतमलाई नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) को “कविताको दुखाई समर्थकको

पुरा पढ्नुहोस् »