पौष ७, २०७९
नेपाल क्रिकेट संघ (क्यान) र समग्रमा नेपाली क्रिकेटको महत्वाकांक्षी प्रतियोगिता नेपाल टि२० लिग अनेकौ बिबाद, शंका, अदालतमा चलिरहेको मुद्दामामिला, आरोप प्रत्यारोपका बिच पटक पटक मिति घोषणा भै आज तेस्रोपटक एक दिनको लागि स्थगित भएको छ । यो बिचमा क्यानले न त ती उठेका बिबिध प्रश्नहरुको चित्तबुझ्दो जवाफ नै दिन सकेको छ, न त आफैले तय गरेको तालिका र ब्यबस्थापन अनुसार प्रतियोगीता सुरु गर्न सकेको छ । तेस्रो पटक घोषणा भएको मितिको अघिल्लो दिन यत्रो ठूलो प्रतियोगिता एक दिनका लागि सार्ने निर्णय गर्नुपर्ने अबस्थाले क्यानको असक्षमता मात्र प्रमाणीत गर्दैन, बिश्व क्रिकेट जगतमै नेपाली क्रिकेटको इज्जत माथी प्रश्न उठ्ने काम भएको हामीले महसुस गरेका छौ ।
बिज्ञप्ती हेर्नुहोला :