पौष २, २०७९
नेपाली क्रिकेट समर्थक समाज (NCSS) जिल्ला समन्वय समिति पाल्पाको जिल्ला सम्योजकमा सुमित रेग्मी चयन भएका छन । आज होटेल अन्नपूर्ण पाल्पामा सम्पन्न जिल्ला समन्वय समितिको बार्षिक साधारण सभाले नयाँ कार्यसमिति गठन गरेको छ । जिल्लाका निवर्तमान सम्योजक बिजय कुमार बौडेलले सुमित रेग्मीलाई पद हस्तान्तरण गर्दै जिल्ला सम्योजकको जिम्मेवार प्रदान गर्नुभएको हो । नया गठित कर्यसमितिको सह-सम्योजक सुजित कुमार थापा, सचिब बिक्रम घिमिरे, सह-सचिब बिपिन खडाल, कोषाध्यक्ष निशा खरेल तथा सदस्यहरुमा भोजु राना, माधव पौडेल, विक्रम बम्रेल, शिशिर कोइराला रहेका छन ।
एनसिएसएस पाल्पाले आफ्नो स्थापनाकाल देखि जिल्लामा हुने गरेका क्रिकेट गतिविधि हरुका आफ्नो सहभागीता जनाउदै आइरहेको छ ।