Nepali Cricket Supporters Society

WebLogo_3.png

एनसिएसएस रुपन्देही द्वारा पुर्ब क्रिकेटर शक्ति गौचन सम्मानित, माधब शर्मा जिल्ला सम्योजक चयन

Share on facebook
Share on twitter
Share on linkedin
Share on whatsapp
Share on email

२१ मङ्सिर, २०७९

नेपाली क्रिकेट समर्थक समाज (NCSS) जिल्ला समन्वय समिति रुपन्देहीले पुर्व क्रिकेट खेलाडी शक्ति गौचनलाई सम्मान गरेको छ । बुधबार भैरहवामा भएको जिल्ला समन्वय समिति रुपन्देहीको छैठौँ बार्षिक साधारण सभा तथा तेस्रो जिल्ला अधिबेशनको अबसरमा क्रिकेट समर्थकहरुको सस्था NCSS रुपन्देहीले नगद १० हजार सहित सम्मान गरेको हो ।

करिब दुई दशक भन्दा लामो समय नेपाली क्रिकेटलाई खेलाडीको रुपमा अहोरात्र योगदान दिदै थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ईतिहास रच्दै नेपाली क्रिकेट विश्व जगतमा पुर्याउन सफल खेलाडी साथै सन्यास पछीको खेल जिवनमा पनि देशका विभिन्न स्थानहरुमा पुग्दै नँया प्रतिभाहरुको खोजी गर्दै खेलाडी उत्पादनमा बिशेष जोड दिदै आफ्नो जिवननै नेपाली क्रिकेटमा समर्पित गरेको भन्दै सस्थाले सम्मान गरेको हो । एक बर्ष अघि समाजले रुपन्देही क्रिकेटमा योगदान दिएको भन्दै क्रिकेट कोच जङ्ग बहादुर थापालाई सम्मान गरेको थियो ।

गौचनले उपस्थित हुन पाउँदा खुशी व्यक्त गर्दै नेपाली क्रिकेट विकास तथा खेलाडी उत्पादनमा आफू निरन्तर रहिरहेको र आगामी दिनमा समेत अझै सक्रियता साथ निरन्तरता दिने बताउनुभएको थियो । त्यस्तै NCSS बाट सम्मानित हुन पाउदा खुशी हुदै संस्थासंग आगामी दिनमा समन्वय सहकार्य र सहयोग एक आपसमा आदानप्रदान गर्दै अगाडि बढ्न थप प्रेरित भएको बताउनु भयो ।

यस्तै जिल्ला समन्वय समितिले सर्ब-सम्मत नयाँ कार्यसमिति गठन गरेको छ । तेस्रो अधिबेशनले माधब शर्मालाई सम्योजकमा सर्ब-सम्मत चयन गर्दै ११ सदस्यीय कार्यसमिति गठन गरेको छ । नयाँ गठित जिल्ला कार्यसमितिको सह सम्योजक नारायण अधिकारी, सचीव हरि गैरे, सह-सचीव प्रबिण पान्डे, कोषाध्यक्ष शिवराज गौतम तथा सदस्यमा अर्जुन शर्मा, पवन पान्डे, अजय भन्डारी, महेन्द्र कोइरी, हरि भट्टराई र सागर पिएस लाई चयन गरेको छ ।

कार्यक्रममा सम्योजक मोहन ज्ञवालीले वार्षिक प्रतिबेदन प्रस्तुत गर्दै जिल्लाले बर्षभरिमा गरेका क्रिकेट गतिविधि हरुको बारेमा जानकारी गराउनु भएको थियो भने कोषाध्यक्ष शिवराज गौतमले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको कार्यक्रमको संचालन सचिव नारायण अधिकारीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

थप गतिविधिहरू :