Nepali Cricket Supporters Society

WebLogo_3.png

राष्ट्रिय क्रिकेटर कबिता गौतमलाई एनसिएसएस अभियानबाट ८० हजार सहयोग

Share on facebook
Share on twitter
Share on linkedin
Share on whatsapp
Share on email

NCSS, ४ पौष, महिला राष्ट्रिय क्रिकेट खेलाडी कविता गौतमलाई नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) को “कविताको दुखाई समर्थकको मल्हम” अभियानबाट सन्कलित ८० हजार रकम आज हस्तान्तरण गरिएको छ । यतिबेला चोटबाट मुक्त भै काठमाडौमा रहेर फिट हुने प्रयासमा रहेकी कवितालाई आज नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) का अध्यक्ष नारायण पराजुलीले भेटी सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो ।

(कविता गौतमले सबैलाइ धन्यवाद दिदै)

सहयोग रकम बुज्दै कबिताले सरोकार निकायले गर्नु पर्ने सहयोग आम समर्थकबाट भएको भन्दै देश तथा बिदेशबाट साथ सहयोग गर्नुहुने सम्पूर्णलाई समर्थललाई धन्यवाद दिदै छिटो भन्दा छिटो मैदान फर्कने कोसिस रहेको बताइन ।

केही समय अगाडि चर्चित युटुब कार्यक्रम हेर्ने कथामा प्रसारित सामाग्रीले सबै क्रिकेट प्रेमिको ध्यान खिचेको थियो । कार्यक्रम प्रसारण भए लगत्तै एनसिएसएसले सुरु गरेको यो अभियानमा स्वदेश तथा बिदेशीबाट थुप्रै क्रिकेट प्रेमिहरुले आर्थिक सहयोग गर्नुभएको थियो ।

कविता गौतम काठमाडौ आफन्तको घरमा रहेर यतिबेला उपचार र फिजियो थेरापी गराईरहेकि छन । कबिताको चोट लगभग निको भएको छ । यद्यपी पुरानै अबस्थामा खेल्न भने केही महिना लाग्ने बताएकी छिन । राष्ट्रिय क्रिकेटर सुबास खकुरेलको अग्रसरतामा ग्वार्को स्थित अर्थोप्लास्टिक रिह्याब सेन्टरमा दैनिक फिजियोथेरापी गर्ने ब्यबस्था मिलेको समेत उन्ले बताएकी छिन । कविता नेपाली राष्ट्रिय महिला क्रिकेट टिमबाट थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता साथै पछिल्लो समय आयोजना भएको वोमेन्स क्रिकेट लिगमा समेत खेलिसकेकी छन ।

प्रतिक्रिया दिनुहोस्

थप गतिविधिहरू :