NCSS, कार्तिक १८
नेपाल क्रिकेट संघ (क्यान) निलम्बन फुकुवा भएको लामो समय पछि घरेलु क्रिकेटको संरचनामा प्रायोजक सहितको उमेर समुह (१९ बर्ष मुनि) को प्रतियोगिता आयोजना हुँदै छ । यो आफैमा सुखद खबर हो । जस्का लागि नेपाल क्रिकेट संघले सुचना सार्बजनिक गर्दै जिल्ला क्रिकेट संघ र प्रदेशहरुलाई टोली छनोट गर्न दिएको निर्देशन अनुरुप केही जिल्लाले खेलाडी छनोट गरिसकेको र केही जिल्लामा त्यो प्रक्रियामा रहेको कुरा यहाहरु माझ जानकारी नै छ । नेपाली क्रिकेट समर्थक समाज (NCSS) को प्रत्यक्ष उपस्थित रहेका र केही जिल्लामा अप्रत्यक्ष रुपमा जिल्लाले आह्वान गरेको खेलाडी छनोटको कार्यक्रममा हाम्रो समेत उपस्थित र निगरानी रह्यो । त्यसबाहेक विभिन्न माध्यमबाट खेलाडी र सम्बन्धित ब्यक्तिहरुको धारणा बुझ्ने प्रयास समेत गरेका छौ ।
विशेषत उमेर समुहको क्रिकेट र त्यसमा प्रतिनिधित्व गर्ने खेलाडी कुनैपनि देशको क्रिकेटको भविष्य हो । नेपाली क्रिकेटको इतिहास हेर्ने हो भनेपनि यो तथ्यलाई नकार्न सकिँदैन । तर त्यहि भबिष्य निर्माण गर्ने प्रक्रियालाई भने क्यानले नजरअन्दाज गरेको महसुस हामीले गरेका छौ । एक हप्ता भन्दा छोटो समय दिदै जिल्लाको टोली निर्माण गर्न सुचना निकाल्नु, त्यही सुचना अनुरुप बहुसंख्यक जिल्लाले प्रक्रिया पुर्याउने हिसाबले ट्यालेन्ट हन्ट मार्फत खेलाडी छनोट गर्नु र शतप्रतिशत स्थानमा कागजी र कानुनी उमेर १९ बर्ष भन्दा भएका तर सिनियर, परिचित खेलाडीहरुले नै स्थान बनाएको गुनासो छनोट प्रक्रियामा सहभागी खेलाडी अफिसियलबाट नै आउनु सबैभन्दा दुर्भाग्यको कुरा हो । बर्षौ देखि क्रिकेट खेल्दै घर गृहस्ती सम्हालीसकेर अझै कानुनी रुपमा उमेर मिलाउदै उमेर समुहको प्रतियोगिताका लागि छनोट भएका केही उदाहरण समेत हामीले फेला पारेका छौ ।
उमेर हदको समस्या बिश्व क्रिकेटकै समस्या हो । यद्यपि अन्य राष्ट्रमा घरेलु संरचना बलियो छ तर हाम्रोमा लामो समय उमेर समुहको क्रिकेट नहुदा त्यो बिचमा अबसरको पर्खाईमा रहदा रहदै उमेरले साथ नदिएका खेलाडीहरुले सहभागीको लागि यो बाटो प्रयोग गरिएको तितो यथार्थ छ । यस्तो अबस्था अझै पनि एक दिने सुचना मार्फत खेलाडी आह्वान गर्ने, उपस्थित सिमित खेलाडीलाई एक ओभर बलिङ / ब्याटिङको अबसर दिएर प्रतिभालाई मुल्यांकन गर्ने र बास्तबिक उमेर समूहका खेलाडीहरुले अझै पनि अबसर र स्थान नपाउने अबस्था कायम रहदा हामी नेपाली क्रिकेटको कस्तो भबिष्य निर्माण गरिरहेका छौ ? यी र यस्ता पुरानै प्रबृत्तिले गर्दा कलिला उमेरका क्षमतावान खेलाडीहरु र समग्रतामा नेपाली क्रिकेटको भबिष्य माथी नै अन्याय भै रहेको छ ।
(ध्यानाकर्षण पत्र)
नेपाल क्रिकेट संघ र यसमातहतका अन्य सरोकारवालाहरुले यसबारेमा गम्भीरता पुर्बक मनन गर्दै नेपाली क्रिकेटको उमेर समुह र अन्य घरेलु संरचनालाई बलियो र दिगो बनाउदै माथी उल्लेखित समस्याहरुलाई समाधान गर्न तत्काल तल्लो तहदेखि नै खेलाडी छनोट, टोली निर्माण प्रक्रियालाई प्रभाबकारी र पारदर्शी बनाउन आबस्यक नीति कार्यक्रम तय गर्दै कार्यान्वयन गर्न नेपाली क्रिकेट समर्थक समाज गम्भिर ध्यानाकर्षण ब्यक्त गर्दछ ।
यी र यस्ता पुरानै प्रबृत्तिले गर्दा कलिला उमेरका क्षमतावान खेलाडीहरु र समग्रतामा नेपाली क्रिकेटको भबिष्य माथी नै अन्याय भै रहेको छ ।