NCSS, भदौ २६
नेपाली क्रिकेट समर्थक समाज एनसिएसएसको आधिकारिक जिल्ला एनसिएसएस चितवनको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
शनिबार होटेल अशोका भरतपुरमा सम्पन्न कार्यक्रमको उद्घाटन सभाध्यक्ष दिनेश नैशा मगर र प्रमुख अतिथि रेजिना बस्नेतले गर्नु भएको थियो । कार्यक्रमको स्वागत मन्तव्य जिल्ला सह सम्योजक बिकास पान्डेय तथा शुभकामना मन्तव्य केन्द्रिय कार्यसमिति अध्यक्ष नारायण पराजुली, सस्थापक डा संजय प्रसन्न धरेल, केन्द्रीय उपाध्यक्ष रेजिना बस्नेत तथा केन्द्रिय सदस्य केदार शर्माले गर्नु भएको थियो ।
कार्यक्रममा चितवन जिल्लाबाट केन्द्रीय कार्यसमितिमा रहनु भएका केन्द्रीय उपाध्यक्ष रेजिना बस्नेत, सचिव शुभराज दुलाल तथा सदस्य केदार शर्मा लाई सम्मान गरिको थियो । यस्तै जिल्ला सम्योजक दिनेश नैसा मगरले गर्नु भएको बार्शिक प्रतिबेदन तथा अगामी कार्य योजना छलफल पछि परिमार्जन सहित ११ वटा योजना पारित गरिएको थियो ।
जिल्ला भित्र क्रिकेट संघले गर्ने लापरवाहीमा खडा उत्रने उद्देश्यका साथ लागी परेको समर्थक समाज हरेक क्षण आफ्ना आवाज बुलन्द गरिनु पर्ने निर्णय गरेको छ । साथै वार्षिक कार्ययोजना तयार पार्ने क्रममा केहि समय अघि नेपाली क्रिकेटलाई निरन्तर प्रगतिपथमा लम्काउने पारस खड्काले सन्यास लिएको कुरालाई समेट्दै पारसको क्रिकेटप्रतिको योगदानको कदर गर्दै सम्मान दिने निर्णय गरेको छ ।
दशैँ विशेष कार्यक्रम अन्तर्गत खुल्ला चित्रकला प्रतियोगिता राख्दै पारस खड्कालाई सम्मान दिने निर्णय गरेको हो । प्रतियोगिता १ हप्तासम्म चल्ने र जो कोहि इच्छुक व्यक्तिले भाग लिन पाउने छन् । साथै प्रतियोगितामा पारस खड्काकै चित्र बनाउनु पर्ने छ भने चित्रकला छनोटका लागी पनि छनोट समिति निर्माण गरिने भएको छ । छनोट समितिमा ५ जना हुने भएका छन् जसमा समान १/१ जना चितवन जिल्ल्ला क्रिकेट संघ, नेपाल खेलकुद पत्रकार फोरम, जिल्ल्ला खेलकुद परिषद र आयोजकबाट रहने छन् ।
४ उत्कृष्ट प्रतिष्पर्धीलाइ सम्मानित गरिने छ । उक्त प्रतिष्पर्धीलाइ प्रमाण पत्र सहित एनसीएसएसको सदस्यता प्रदानसंगै निर्माणधिन गौतम बुद्द अन्तराष्ट्रिय क्रिकेट रंगशालामा जिप सफारी गराइने छ भने विजेतालाई एनसीएसएसको जर्सी प्रदान गरिने छ । यो संगै अरु थुप्रै कार्यक्रम गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति चितवनले हिट एण्ड विनको तेस्रो सिजन पनि आयोजना गर्ने भएको छ । साथै चितवन प्रिमियर लिगका इमर्जिङ्ग खेलाडीलाइ सम्मानित पनि गर्ने भएको छ ।