Nepali Cricket Supporters Society

WebLogo_3.png

एनसिएसएस रुपन्देही अभियानबाट क्रिकेटर चौधरीलाई आर्थिक सहयोग

Share on facebook
Share on twitter
Share on linkedin
Share on whatsapp
Share on email

NCSS , भदौ २३

नेपाली क्रिकेट समर्थक समाज एनसिएसएसको आधिकारिक जिल्ला एनसिएसएस रुपन्देहीले रुपन्देहीका क्रिकेट खेलाडी अजय चौधरीलाई आर्थिक अभियान बाट सन्कलित सहयोग रकम हस्तान्तरण गरेको छ ।

एनसिएसएस रुपन्देहीले आज चौधरीको निजि निवासमै पुगि १७ हजार सहयोग रकम प्रदान गरेको हो । रुपन्देही जिल्लामा स्तरीय क्रिकेट प्रतियोगिता खेल्दै आएका क्रिकेटर अजय चौधरि लामो समय देखि ब्रेन ट्युमर रोगबाट ग्रसित रहेका छन । चौधरीको आर्थिक स्थिति कमजोर भएको हुनाले एनसिएसएस रुपन्देहीले सह सचिब हरि गैरेको सम्योजकत्व आफ्नो जिल्लामा सानो आर्थिक अभियान सुरु गरि सहयोग जम्मा गरेको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा रुपन्देही सचिब नारायण अधिकारी सह सचिब हरि गैरे कोषाध्यक्ष शिवराज गौतम तथा सदस्य प्रेम पौडेलको उपस्थिति रहेको थियो । एनसिएसएस रुपन्देहीले यस अघि पनि थुप्रै सहयोग अभियानहरु सुरु गरि सहयोग प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

थप गतिविधिहरू :