NCSS , भदौ १४
नेपाली क्रिकेट समर्थक समाज (NCSS) जिल्ला समन्वय समिति अर्घाखाँचीले तेस्रो बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
सोमबार बुटवल स्थित होटेल फिस्टेलमा आयोजित कार्यक्रममा तारा प्रसाद पाठक, सागर पङ्गेनी, मोहन ज्ञवाली र रिखिराम जिसिले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
शुभकामना मन्तव्य दिदै प्युठान सम्योजक रिखिराम जिसिले छिमेकी जिल्लाहरु सँग समन्वय गर्दै अझ बलियो हुँदै जानको लागि शुभकामना दिनु भयो । यस्तै लुम्बिनी प्रदेश सम्योजक सागर पङ्गेनिले अर्घाखाँची जिल्लाको यो सक्रियताले गर्दा समग्र एनसिएसएस लुम्बिनी प्रदेश थप मजबुत भएको जनाउनु भयो ।
केन्द्रिय सदस्य तारा पाठकले मेम्बर बढाउदै जिल्लाको आकार अझ बढाउदै लैजान शुभकामना दिनुभयो । केन्द्रिय सहसचिब मोहन ज्ञवालीले केन्द्र बाट जिल्लालाई हुने हर कोहिका सहयोग हरु हुने प्रतिबद्धता जनाउनु भयो । सम्योजक नारायण पान्डेले बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै जिल्लाले बर्षभरिमा गरेका क्रिकेट गतिविधि हरुको बारेमा जानकारी गराउदै जिल्ला क्रिकेट संघ, स्थानीय क्रिकेट बिकास समिति, क्लब तथा खेलाडीहरु संघ सहकार्य गर्दै आगामी दिनमा क्रिकेट गतिविधिमा सारिक रहने बताउनु भयो । यस्तै कोषाध्यक्ष भानुभक्त न्यौपाने सस्थाको आर्थिक थप मजबुत बढाउने जन्मदिन अक्षय कोषको सुरु गरिएको यस्लाई थप आगामी दिनमा बढाउने लैजाने बताउनु भयो । साथै सचीवले आफ्नो प्रतिबेदन प्रस्तुत गर्दै भौगोलिक हिसाबले केहि कठिनाई भए पनि अर्घाखाँचीको हरेक क्रिकेट गतिविधि र प्रतियोगितामा एनसिएसएसको प्रतिनिधित्व जनाउने कुरा ब्यक्त गर्नुभयो ।
कार्यक्रममा केन्द्रिय सदस्य तारा प्रसाद पाठक, लुम्बिनी प्रदेश सम्योजक सागर पङ्गेनी, रुपन्देही सम्योजक मोहन ज्ञवाली र प्युठान सम्योजक रिखिराम जिसिको सहभागीता रहेको कार्यक्रमको संचालन अमृत पान्डेले गर्नु भएको थियो ।