Nepali Cricket Supporters Society

WebLogo_3.png

एनसिएसएस पाल्पाको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

Share on facebook
Share on twitter
Share on linkedin
Share on whatsapp
Share on email

NCSS , भदौ ५

नेपाली क्रिकेट समर्थक समाज (NCSS) जिल्ला समन्वय समिति पाल्पाले दोस्रो बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

शनिवार पाल्पा तानसेन होटेल पौवामा आयोजित  कार्यक्रममा नारायण पाण्डे, सागर पङ्गेनी, अच्युत पाण्डे, मोहन ज्ञवालीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

मन्तव्यमा नारायण पाण्डेले पाल्पालाई सक्रिय भएर लाग्न शुभकामना दिदै आवश्यक सहयोग समन्वय गर्न तयार रहेको बताउनु भयो । त्यस्तै सागर पङ्गेनीले विगत देखि अहिलेसम्मलाई स्मरण गर्दै तुलनात्मक रूपमा निकै उपलब्धि रहेको भन्दै अझै धेरै काम गर्न बाकी रहेको र ती कामलाइ निरन्तरता दिने बताउनुभयो ।

त्यस्तै मन्तव्यको क्रममा अच्युत पाण्डेले समग्र पाल्पा जिल्लाको क्रिकेटको स्तर उन्नतिको लागि आफुले हरदम पहल गर्ने बताउनु भयो ।

सम्योजक बिजय बौडेलले बार्शिक प्रतिबेदन प्रस्तुत गर्दै जिल्लाले बर्षभरिमा गरेका क्रिकेट गतिविधिहरुको बारेमा जानकारी गराउदै एनसिएसएस पाल्पाले छोटो समयमा पाएको यो सफलतालाई थप नयाँ उचाइमा लैजाने प्रयास गर्ने बताउनु भयो । यस्तै, कोषाध्यक्ष र सचीवले पनि आ-आफ्नो बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सम्पूर्ण अफिसियल मेम्बरहरु लाई परिचय पत्र बितरण गरिएको थियो ।

केन्द्रिय कोषाध्यक्ष अच्युत पान्डे, रुपन्देही सम्योजक मोहन ज्ञवाली तथा अर्घाखाँची सम्योजक नारायण पान्डे उपस्थित कार्यक्रमको संचालन सचिव सुजित थापाले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

थप गतिविधिहरू :