२६ श्रावण, दाङ
नेपाली क्रिकेटका समर्थकहरुको सस्था नेपाली क्रिकेट समर्थक समाज (NCSS) का दाङ जिल्लाबाट आबद्ध सस्थाका सदस्यहरुको अग्रसरतामा नेपाली क्रिकेट समर्थक समाज दाङ जिल्ला समन्वय समिति गठन भएको छ ।
श्रावण २३ गते दाङ जिल्लाका क्रिकेट प्रेमीहरु घोराइमा भेलाले बिकास भट्टराईको सम्योजकत्वमा ९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको थियो । जिल्लाका नेपाली क्रिकेटका समर्थकलाई एकत्रित गर्दै समग्र दाङ जिल्लाको क्रिकेट योगदान गर्ने उदेश्यका साथ एनसिएसएस दाङको गठन भएको हो । समितिको सह-सम्योजकमा पुरन सोति मगर, सचिब गुरु बिस्वकर्मा, कोषाध्यक्ष अभिषेक अधिकारी तथा सदस्यहरुमा अबिन कार्की, दिपक सर्मा हेमराज शर्मा, मधुसूदन गिरि र ललित कुमार बिष्ट रहेका छन भने सल्लाहकारमा हिमाल महरा रहेका छन ।
दाङ जिल्लामा पछिल्लो समय क्रिकेटले गति लिदै राष्ट्रिय तथा प्रदेश स्तरका क्रिकेट प्रतियोगिता भैरहेको अबस्थामा क्रिकेट समर्थकको पनि यस्तो गतिविधि पुर्ण उपस्थिति रहने सम्योजक बिकास भट्टराईले बताउनु भयो ।
एनसिएसएस दाङमा आवद्द हाम्रा सदस्यहरु ।
१) पुरन सोति मगर
२) अबिन कार्की
३) हिमाल महरा
४) ललित कुमार बिष्ट
५) बिकास भट्टराई
६) दिपक शर्मा
७) हेमराज शर्मा
८) मधुसुधन गिरि
९) गुरु बिस्वकर्मा
१०) अभिषेक अधिकारी