Nepali Cricket Supporters Society

WebLogo_3.png

एनसीएसएस (NCSS) प्युठानको स्थापना

Share on facebook
Share on twitter
Share on linkedin
Share on whatsapp
Share on email

बि स २०७३ सालमा नेपाली क्रिकेट फ्यान द्वारा कानुनी प्रक्रिया पूरा गरि खोलिएको अफिसिएल सस्था नेपाली क्रिकेट समर्थक समाज (NCSS) लाई आफ्नो जिल्लामा पनि बिस्तार गराउ भन्ने उदेश्यले बि स २०७६ साल असोज २८ गते प्युठानका क्रिकेट प्रेमी भेला भएर नेपाली क्रिकेट समर्थक समाज प्युठान कार्यसमिति निर्माण गरि औपचारिक रुपमा NCSS प्युठान गठन गरिएको थियो ।

उक्त गठन प्रक्रिया NCSS को बिधानमा आधारित रहेर गरिएको थियो । स्थापना कालमा रिखिराम (टु आर) जि सि को सम्योजकता, राजेश मगरको सह सम्योजकतामा र शिवराज भुसाल, आर्जु केसि, अनिल केसि, असोक केसि, गिर बहादुर पछाइ को सदस्यता र मदन मगरको सल्लाहकार भमिकामा NCSS प्युठान जिल्ला कार्यसमिति गठन गरिएको थियो । जिल्लामा भएका प्रतियोगितामा भोलुन्टिएर गर्दै क्रिकेटसँग सम्बन्धित सरोकारवाला निकाय र स्थानिय तहलाइ क्रिकेटका क्षेत्रमा बिकासको निम्ति ध्यानाकर्षण गराउदै जिल्लामा क्रिकेटलाई प्रमोट गर्ने काम NCSS प्युठानले गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

थप गतिविधिहरू :