पुर्ब खेलाडी तथा राष्ट्रिय अम्पाएर स्वर्गीय सुनिल ढुंगाना को परिबारको आर्थिक स्थिति एकदम कमजोर भएका कारण उहाले आजसम्म नेपाली ग्रासरुट क्रिकेटमा दिनु भएको योगदानको कदर गर्दै उहाको परिबार लाई अलिकति भए पनि आर्थिक सहयोग होस भन्ने हिसाबले समग्र NCSS सँग समन्वय गर्दै यो अभियान सुरु गरिएको थियो । अभियान बाट सन्कलित दुइ लाख १२ हजार रकम परिवारलाई हस्तान्तरण गरिएको थियो । मुलतः यो अभियानको मुख्य नेतृत्व NCSS रुपन्देहीले गरेको थियो ।







